चिरन बराल / पुराखबर
नेपाल कम्युनिस्ट अान्दोलनका एक
अति नै ईमानदार , हाकि व्यक्ति सास्कृती अान्दाेलनका अग्रज नेता तथा जन गाएक प्रचण्ड बुढाथाेकिकाे अाफ्नै निवास बर्दघाट चिसापानीमा निधन भएकाे छ। सभासद सिन्धु जलेसा का पिता प्रचण्ड युवा अबस्था देखि नै जनवादी गितहरु गाउँदै जनता जगाउदै कम्युनिस्ट अन्दाेलनमा लागेका थिए।उनका गितहरु प्राय लाेक भाकामा हुन्थ्यो र उनका गित सुने पछि मान्छे जुरुक्क जुरुक्क उठथे र कुनै पनि कार्यक्रम मा प्रचण्ड अाउदै छन रे भन्ने सुने पछि त्यहा जनताकाे भिड नै लाग्थ्यो ।
पञ्चायती कालमा निडरका साथ गित मार्फत अाबाज बुलन्द गर्ने उनका “काेकल काेकल न करा काेकले सुकुम्बासी जुम्रिए भाेकले” , कहाँ गयाे गैरिकाे साईलाे फलानाे ठाँउमा हुदैछ रमाईलाे , देउचुलि बरचुलि डाँडा…./ जस्ता अति नै कर्ण प्रिय , लाेक प्रिय गितहरु का माध्यमबाट जनमानसमा अतिनै प्रिय व्यक्ति काे रुपमा स्थापित हुनु हुन्थ्यो भने गाउकै सरकारि स्कुलमा अध्यापन गर्नु हुन्थ्यो । एक ईमान्दार कम्युनिस्ट नेता, एक हाेनहार कलाकार, बामपंथी बुद्धिजीवी देशले गुमाउनु पर्दाकाे यश घडिमा वहा प्रति पूरा खबरकाे तर्फबाट हार्दिक श्रद्धाञ्जली ।
No comments:
Post a Comment