Adestra

Loading...

ads

Loading...

adf

Loading...

Monday, April 22, 2019

६१ वर्षिय नारायणको ४५ बर्षे लक्ष्मीसँग बिहे : नातिनातिना जन्ती !



६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका छन् यी जोडीले ।

गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग धुमाधामले लगनगाँठो कसेका हुन् ।

आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम विवाहको रौनक जारी छ ।

अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’

उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । २०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए ।

हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् । यो खबर रातोपाटीमा प्रेम सुनारले लेखेका छन् ।

Monday, April 15, 2019

अख्तियारको फन्दामा परे यी कम्युनिस्ट अध्यक्ष, ३ करोड घोटालाको चक्कर !

संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी २ करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डर विना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ । ‘सचिवालयले यो वर्ष दुई करोड ९७ लाखको मालसामान खरिद तथा विभिन्न मर्मत कार्य बोलपत्र आह्वान नगरी सीधै खरिद गरेको देखियो,’ शुक्रबार सार्वजनिक महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीमा भएको व्यवस्थाको पालना गरी खरिद कार्य गर्नुपर्दछ ।’ सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ । तर संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपैयाँ भुक्तानीसमेत गरेको छ । अख्तियारले पनि छानबिन गर्दै संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी खर्च गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत समिति सभापति तथा सचिवको कार्यकक्ष निर्माणका लागि भन्दै सचिवालयले काम अघि बढाएको विषयमा अख्तियारले दुई–दुईवटा पत्र पठाइसकेको छ । सचिवालय स्रोतका अनुसार अख्तियारले के–कति प्रक्रिया पूरा गरी के–कति रकमबराबरको निर्माण कार्य गरिएको हो, त्यसको जानकारी पठाउन भन्दै सचिवालयलाई पहिलो पत्र पठाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । चित्तबुझ्दो जवाफ नपाएपछि अख्तियारले गत २० कात्तिकामा दोस्रो पत्र पठाएको छ । ‘के–कति प्रक्रिया पूरा गरी के–कति रकम बराबरको निर्माण कार्य गरिएको हो, तत् सम्बन्धमा प्राप्त पत्रमा विस्तृत रूपमा उल्लेख गरिएको तथा तत्सम्बन्धी कागजात संलग्न गरिएकोसमेत पाइएन,’ अख्तियारले भनेको थियो, ‘अतः भवन नम्बर २ मा के–कति निर्माण कार्य के–कसो कानूनी प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो आवश्यक कागजातसहित जानकारी गराउनू ।’ यस विषयमा अनुसन्धान टुंगिएपछि जानकारी गराउने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । संसद् सचिवालयले भने आफूले सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । ‘छानबिन भइरहेको होला । सोधपुछ गर्नु स्वाभाविक हो,’ सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘हाम्रो संस्थाले चाहिँ सबै प्रक्रिया पूरा गरेको छ । धेरै नियम, कानून, ऐन प्रस्ट नभएकाले विभिन्न निकायले प्रश्न उठाउँछन् ।’ महालेखा प्रतिवेदन भन्छ – अर्थको स्वीकृतिविना दिइएको प्रोत्साहन भत्ता असुल गर्नु ऐनअनुसार कुनै पनि कार्यालयले सुविधा वृद्धि गर्दा अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्छ । तर सचिवालयले ०७४ को माघदेखि असार मसान्तसम्म ६ महिना अर्थ मन्त्रालयको स्वीकृतिविनै प्रोत्साहन भत्तास्वरूप तीन करोड ६९ लाख १७ हजार रुपैयाँ कर्मचारीलाई बाँडेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धितबाट असुल गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।

नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज नेता प्रचण्डको निधन

चिरन बराल / पुराखबर नेपाल कम्युनिस्ट अान्दोलनका एक
अति नै ईमानदार , हाकि व्यक्ति सास्कृती अान्दाेलनका अग्रज नेता तथा जन गाएक प्रचण्ड बुढाथाेकिकाे अाफ्नै निवास बर्दघाट चिसापानीमा निधन भएकाे छ। सभासद सिन्धु जलेसा का पिता प्रचण्ड युवा अबस्था देखि नै जनवादी गितहरु गाउँदै जनता जगाउदै कम्युनिस्ट अन्दाेलनमा लागेका थिए।उनका गितहरु प्राय लाेक भाकामा हुन्थ्यो र उनका गित सुने पछि मान्छे जुरुक्क जुरुक्क उठथे र कुनै पनि कार्यक्रम मा प्रचण्ड अाउदै छन रे भन्ने सुने पछि त्यहा जनताकाे भिड नै लाग्थ्यो । पञ्चायती कालमा निडरका साथ गित मार्फत अाबाज बुलन्द गर्ने उनका “काेकल काेकल न करा काेकले सुकुम्बासी जुम्रिए भाेकले” , कहाँ गयाे गैरिकाे साईलाे फलानाे ठाँउमा हुदैछ रमाईलाे , देउचुलि बरचुलि डाँडा…./ जस्ता अति नै कर्ण प्रिय , लाेक प्रिय गितहरु का माध्यमबाट जनमानसमा अतिनै प्रिय व्यक्ति काे रुपमा स्थापित हुनु हुन्थ्यो भने गाउकै सरकारि स्कुलमा अध्यापन गर्नु हुन्थ्यो । एक ईमान्दार कम्युनिस्ट नेता, एक हाेनहार कलाकार, बामपंथी बुद्धिजीवी देशले गुमाउनु पर्दाकाे यश घडिमा वहा प्रति पूरा खबरकाे तर्फबाट हार्दिक श्रद्धाञ्जली ।

Sunday, April 14, 2019

२०७६ सालमा यी ६ राशिलाई पर्दै छ महाँसंयोग सहितको भाग्यफल, कुन राशिलाई कस्तो फाईदा देखि असर

२०७६ सालको पहिलो दिन नै सूर्यको राशी परिवर्तन परेको छ। नयाँ वर्षको दिन बिहान ७ बजेर ५५ मिनेटबाट सूर्य आफ्नो उच्च राशी मेषमा हुनेछन्। सूर्यले मिन राशिबाट मेष राशिमा प्रवेश गर्दा महासंयोग बन्ने गर्छ। मेष राशि सूर्यको उच्च राशि रहेको छ। जस कारण राशि चक्रमा ठूलो असर पर्न जाने हुन्छ। ज्योतिषहरुका अनुसार सूर्यले लामो समय पश्चात आइतवारका दिन राशी परिवर्तन गर्न गईरहेको छ। आइतबार सूर्यकै बार पनि हो। यहि दिन मर्यादा पुरुष भगवान श्री रामको जन्मदिन पनि रहेकाले सूर्यले राशी परिवर्तन गर्दा महासंयोग बन्न जाने हुन्छ राशि चक्रमा पर्ने असर र महासंयोगले कुन राशिलाई कस्तो असर गर्छ ? हेर्नुहोस ! कुन राशी हुनेहरुका लागि सुर्यको राशी परिवर्तनले कस्तो फल देला त ? मेष राशी मेष राशी भएकाहरुका लागि सुर्यले हरेक क्षेत्रमा सफलता दिलाउने छ। विशेषगरी यस राशिले पाँचौं भावको सिंह राशी स्वामी भई उच्च राशिमा परिवर्तन गर्न लागेको हुदा पत्रकारिता , राजनीति एवम अन्य क्षेत्रमा प्रसस्त लाभ पुर्याउने देखिन्छ। वृष राशी सुर्य वृष राशिको बाह्रौं भावमा रहने भएको हुदा सुर्यले आँखा तथा कम्मर संग सम्बन्धित समस्या देखिन सक्छ। सुर्यको राशी सिंह चतुर्थ भावमा रहने छ। जसका कारणले आय भन्दा व्ययको मात्रा अधिक मात्रामा बढेर जान सक्ने तथा विभिन्न समस्याको सामना गर्नु पर्ने स्थिति सिर्जना हुन सक्नेछ। मिथुन राशी मिथुन राशी हुनेहरुका लागि सुर्यले कार्यबल वृद्धि गर्ने , हरेक कार्यमा सफलताको मार्ग निर्देश गर्ने , धर्म कर्ममा मन लाग्ने तथा अन्य थुप्रै लाभ हुने देखिन्छ। कर्कट राशी कर्कट राशी हुनेहरुको लागि यस समयमा सुर्य कर्कट राशिको दशौँ भावमा प्रवेश गर्दै छ जसले मुटु तथा कम्मर सम्बन्धि समस्या देखिन सक्छ। यसका साथै सानातिना कुरामा सफलता प्राप्त हुनेछ तर पनि यस राशी भएकाहरुले एक महिनाको अवधिभर पूर्ण सावधानी अपनाउनु पर्ने देखिन्छ किनकि कर्कट राशी जलको हो जबकि सुर्य अग्नि तत्वको भएकाले बिशेष सतर्क रहन आवश्यक छ। सिंह राशी नवौं स्थानमा रहने सुर्यले यस पटक सिंह राशी भएकाहरुको भाग्य उदय गर्ने छ। धर्मकर्म , भुमि , बाहन तथा अन्य क्षेत्रमा लाभ दिने छ। सरकारी क्षेत्रमा बिशेष सफलता हात लागि हुने समय रहेको छ। कन्या राशी आठौँ स्थानमा रहेको सुर्यले कन्या राशी भएकाहरुको गुप्त योजनामा लाभ हुने , धन संचय हुने ,साथै बाणी तथा विदेश यात्राका लागि समेत योग हुन सक्ने छ। तुला राशी यस राशी हुनेहरुका लागि सुर्यले सातौं स्थानमा प्रवेश गर्ने छ। जसले कार्यमा सफलता मिल्नेछ , मनमा द्विविधा छाउनेछ , टाउको दुखाई सम्बन्धि समस्या देखिन सक्नेछ। तथापी चन्द्र मजबुत पार्नका लागि अत्यधिक पानीको सेवन गर्नु आवश्यक रहने छ। वृश्चिक राशी सुर्यको राशी परिवर्तनले यस राशी हुनेहरुका लागि राज्यक्षेत्रमा लाभ , कर्यक्षेत्रमा लाभ , नोकरीमा लाभ तथा अन्य थुप्रै क्षेत्रमा लाभ तथा सफलता मिल्ने देखिन्छ। साथै सरकारी रोजगारीमा लागेकाहरुको लागि पदोन्नति समेत हुन सक्ने देखिन्छ। धनु राशी धनु राशी हुनेहरुका लागि सुर्यको पाँचौं भावको प्रवेशले सन्तान , बिद्या एवम बुद्धिमा फाइदा पुर्याउने छ। साथमा लामो दुरीको यात्रा हुन सक्ने , तथा धन लाभ हुने समेत सम्भावना रहेको छ। मकर राशी मकर राशी हुनेहरुका लागि सुर्यले भुमि , भवन तथा पिताको तर्फबाट लाभ हुनेछ। अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछन। मित्र धोका हुन सक्छ सावधान रहनुपर्ने छ। तथा मुटु सम्बन्धि समस्याले सताउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। कुम्भ राशी कुम्भ राशी हुनेहरुका लागि सुर्यले पराक्रम वृद्धि गर्ने , धर्मकर्ममा लाभ हुने , मित्रको तर्फबाट लाभ हुने तथा नोकरीमा पदोन्नतिको योग रहने छ। मिन राशी मिन राशी भएकाहरुका लागि सुर्य धन तथा बाणीमा लाभ दिनसक्ने राशी साबित हुनेछ। यसका साथै गो

तपाईको घरमा यी ४ जनावरहरुको जोडीको मूर्ति राख्नुस् ,सोचेको काममा सफलता मिल्नेछ (हेर्नुस्)

वास्तु शास्त्रअनुसार हाम्रो घरमा विभिन्न कुराहरुको सजावटले पनि शुभ र अशुभ भन्ने कुराहरुको पनि सङ्केत गर्ने जनाइएको छ । किनभने वास्तु शास्त्रीहरुले पनि यस्तो कुराहरुको विभिन्न मान्यताहरु राखेका छन् । विशेष गरी देवताको फोटोहरुमा पनि गणेश ,विष्णु ,बर्मा ,सरस्वतीको तस्विरहरु राख्ने गर्दछन् । तर यी बाहेक पनि कसैले पशुपक्षीहरुको पनि फोटो टासेर आफ्नो घरमा सुख , शान्ति भित्र्याउने गर्छन् । त्यसैक्रममा आज हामी तपाईहरुलाई सोही विषय जनावरहरुको फोटो वा मूर्ति राख्दा चाही के के फाइदा हुन्छ ,भनेर देखाउन गइरहेका छौ । हेरौ यी जनावरहरुको जोडीको मूर्ति यदि घरमा राख्नुभयो भने घरमा शुभ हुने हुन्छ । -सुरुवातमा कुरा गरौ , हामीले सान र मानको लागी चढेर हिड्ने घोडाबाट ,यदी तपाईको घरमा घोडाको जोडी छ भने यसले हाम्रो जीवनमा शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । त्यसैले त घोडालाई शक्तिको प्रतिक पनि भनिन्छ । -त्यसैगरी दास्रोमा यदि हाम्रो राष्ट्रिय जनावर गाईको मुर्ति राख्नुभयो भने घरमा प्रेम, शान्ति र संस्कार ल्याउने मान्यता रहेका छ । किनभने यसलाई भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिन्छ । -त्यसैगरी निकै ठुलो जनावर मानिने तथा लक्ष्मीको बाहन हात्तीको मूर्ति यदि घरमा राख्नुभयो भने लक्ष्मीको वास हुने विश्वास रहेको छ । -त्यसैगरी ढिलो गतिमा हिड्ने कछुवाको मूर्ति राख्नु पनि अति उत्तम मानिन्छ । किनभने यदि यस जनावरको मूर्ति राखेमा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास रहेको छ ।