शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।
सरकारी वकिलको कार्यालयले प्रहरीको राय अनुसार नै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत, चितवनमा दर्ता गराएको हो ।
अब अदालतमा प्रतिवादी तीनजना मध्ये दुई जनाको बयान लिन बाँकी रहेको जानकारी गराइएको छ । अस्मिता कार्कीको बयान सकिएको बताइएको छ भने सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बयान भने भोलि मात्र हुने सम्भावना बढेको छ । बयानपछि भोलि नै थुनछेक बहस हुने सम्भावना रहेको छ । त्यसपछि मात्र अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ ।
न्यायाधीश हेमन्त रावलको इजालशमा मुद्दा पेश भएको छ । बहस लम्बिने सम्भावना भएकाले आजै प्रारम्भिक आदेश आउ
न नसक्ने पनि बताइएको छ ।
गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।
Adestra
Loading...
ads
Loading...
adf
Loading...
Sunday, August 25, 2019
Saturday, August 24, 2019
Monday, August 19, 2019
Thursday, August 15, 2019
मकैबारीमा आकस्मिक विमान अवतरण, सयभन्दा बढी यात्रु सकुशल (भिडियो)
बिहीबार एक विमानले मकैबारीमा आकस्मिक अवतरण गरेको छ । आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन् । मस्कोको एक विमानस्थलमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले , ज्वालाले सार्वजनिक गरिन् प्रमाण !
। पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्या गर्नुअघि खिचेको भिडियो
सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरण गम्भीर मोडमा पुगेको छ। मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् । उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा शालिकरामले कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२ २३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’ यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले ‘घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै’ स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । ज्वालाका यी स्क्रिनसट शालिकरामले नाम लिएकी युवती अस्मिता र ज्वालाको कुरा हुने गरको कुरा समेत बाहिरिएको छ ।
सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरण गम्भीर मोडमा पुगेको छ। मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् । उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा शालिकरामले कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२ २३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’ यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले ‘घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै’ स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । ज्वालाका यी स्क्रिनसट शालिकरामले नाम लिएकी युवती अस्मिता र ज्वालाको कुरा हुने गरको कुरा समेत बाहिरिएको छ ।
Sunday, August 4, 2019
नागरिकता खारेज भएका राजेन्द्र महतो को हुन् ?
- सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको विषय विवादित बनेको छ।
- आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजेन्द्र महतो, सहित ८ जनाको नागरिकता खारेज गरिएको जनाकारी गराएका थिए।
- मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा राजेन्द्र महतो र अन्य ७ जनाको नागरिकता खारेज गरिएको निर्णय छ। (निर्णय नं. ११. झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ, अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो।)
- निर्णयमा विभिन्न व्यक्तिहरुको नाम राखिएको तर उनीहरुको वास्तविक ठेगाना र अन्य विवरण केही पनि उल्लेख नगरेपछि यसबारे अनेक शंका उब्जिएका हुन्। कतिपयले राजेन्द्र महतोको नामलाई राजपाका नेता राजेन्द्र महोतोको नामसँग जोडेर व्याख्या गर्दा अन्योल देखिएको हो।
- यसबारे गृहमन्त्रालय भने छुट्टाछुट्टै रुपमा स्पष्टिकरण दिन बाध्य भएको छ। नेपालसमयसँगको कुराकानीमा मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले नागरिकता खारेजीमा परेका राजेन्द्र महतो पूर्व मन्त्री एवम् राजपा नेता नभएको स्पष्ट पारे।
- आइतबारको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजेन्द्र महतो सहित राजेश्वर महतो, विन्दे महतो, दानादेवी महत्तो, रामकिशोर महतो, राजकुमार महतो, सोशिल महतो र अशोक साहले झुठो विवरण पेश गरेर नागरिकता लिएको भन्दै खारेज गरिएको बताएका थिए।
- गृहमन्त्रालयका सुचना अधिकारी अधिकारीले नागरिकता खारेज गरिएका व्यक्ति राजपा नेता नभएको र पत्रकार सम्मेलनमा पुरा विवरण उल्लेख नगर्दा भ्रम फैलिएको बताए। अधिकारीले भने, ‘हामीले सम्पूर्ण विवरण पठाएका थियौँ उच्चारण गर्दा फरक पर्यो होला, उनी राजपा नेता महतो होइनन्।’
- नागरिकता खारेज गरिएका राजेन्द्र महतो को हुन् भन्नेबारे भने सूचना अधिकारी उमाकान्तले पनि विवरण बताएनन्।
प्रचण्डको परिवार बाट आयो दुखद खबर
- नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएरसमेत स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड परिवारसहित पाँच महिनाअघि अमेरिका पुगेका थिए । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार पश्चात उनलाई निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको पत्तो लागेको थियो ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।सीताले लामो समयदेखि सुगर तथा अन्य दीर्घ रोगहरुको औषधि खाइरहेकी थिइन् । सुगरले गलाएका कारण उनी बेला-बेलामा बिरामी परिरहन्थिन् । तर, यति घातक रोग ‘पीएसपी’ लाग्छ भनेर कसैले अनुमान गरेका थिएनन् ।लगभग १६ महिनाअघि सीतालाई लिएर प्रचण्ड सिंगापुर प्रस्थान गरे । सिंगापुर पुग्नुअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्वीर सार्वजनिक भयो । छेउमा बसेका प्रचण्ड निराश देखिन्थे । सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबर त्यतिबेलै बाहिरिएको थियो । तर, त्यतिबेला उनलाई ‘पीएसपी’ रोगले च्यापेको सार्वजनिक भइसकेको थिएन ।सिंगापुर पुगेपछि सीताले पानीमा डुबुल्की मारिरहेको केही तस्वीर सार्वजनिक भए । त्यहाँका डाक्टरहरुले ‘सीतालाई पार्किन्सनको लक्षण देखिएको’ बताएका थिए ।त्यसलगत्तै गत कात्तिकमा प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे । त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्वीर सार्वजनिक भयो । त्यसपछि सीताको स्वास्थ्य अवस्थाबारे फेरि चर्चा भयो ।त्यस्तै सात महिनाअघि सीतालाई धापाखेलस्थित सुमेरु अस्पतालको आईसीयुमा एक सातासम्म राखियो । उनका निजी चिकित्सक डा. युवराज शर्माले विभिन्न रोगका कारण उनी थलिएको बताएका थिए । सीताको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको उनले जानकारी दिएका थिए ।यसरी पटक-पटक श्रीमती बिरामी भएर हैरान भएका प्रचण्डले अमेरिका
- पुगेपछि बल्ल सीतालाई ‘पीएसपी’ भएको थाहा पाए । त्यसयता प्रचण्डले राजनीतिसँगसँगै परिवारलाई पनि समय दिन थालेको देखिन्छ के हो पीएसपी ?अमेरिकाको नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक ९एनआईएनडीएस० का अनुसार, पीएसपीले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ । पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो । मस्तिष्कका स्नायु कोष ९नर्भ सेल० क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ ।विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी अत्यन्तै कम मानिसहरुलाई देखिन्छ । यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।पीएसपीले मानिसहरुलाई हिँड्न गाह्रो बनाउने, निद्रा नलाग्ने र मष्तिष्कमा रक्त सञ्चार बन्द गराउनेसमेत गर्छ । वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्न मन लाग्छ ।पीएसपीको बिरामीलाई किन पानीमा डुबुल्की मार्नु पर्ने ?चिकित्सकहरूका अनुसार मनतातो पानीमा डुबुल्की मार्दा हाडजोर्नी, नशा र अन्य मानसिक रोगहरुको लागि प्रभावकारी हुन्छ । यस्तो उपचार पद्दतिलाई ‘हाइड्रोथेरापी’ उपचार भनिन्छ ।फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकालका अनुसार हाइड्रोथेरापी उपचार पद्दतिमा औषधि प्रयोग हुँदैन । यो उपचार पद्दतिबाट शरीरको कडापन कम भएर दुखाइ कम हुने सम्भावना बढ्छ । उनी भन्छन्, ‘शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीले नियन्त्रण गर्छ ।’ढकालका अनुसार नशाको रोग मात्रै हैन, अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ‘रिल्याक्स’ फिल गराउनको लागि हाइड्रोथेरापी गरिन्छ । हाइड्रोथेरापी’ ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन प्रभावकारी हुन्छ । शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासनसमेत गर्छ । शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो । र, यसले कुनै साइड इफेक्ट गर्दैन ।
- के पीएसपीले मानसिकरुपमा प्रभाव पार्छ ? उपचार के त ?
- वेभमेडका अनुसार यो रोग लागेका मानिसहरुलाई आफूले के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन । आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुँदैन ।यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन । यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।लामो समयदेखि ‘पीएसपी’बाट पीडित भएकै कारण प्रचण्डपत्नी सीताले आफूलाई सम्हाल्न सकिरहेकी छैनन् । उनको जटिल रोगलाई हेर्ने चिकित्सकले भनेका छन् कि उनको रोग निर्मूल पार्न सकिन्न । तर, औषधिको माध्यमबाट तत्काल नियन्त्रण गर्न भने सकिन्छ ।चिकित्सकहरुले पीएसपीका लागि ‘सिनमेट’ भन्ने औषधि सिफारिस गरेका छन् । सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुनाले हातखुट्टा बाउँडिने समस्यालाई यसले कम गर्छ । त्यस्तै ‘एण्टिडिप्रेसान्ट’ स्लिपिङ पिल्सले बिरामीलाई निदाउन सहयोग गर्छ भने दुखाइ कम गर्न मद्दत गर्छ ।एनआइएनडीएसका अनुसार यो रोगले सुरुवाती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि नहुने हुन्छ । वेभमेडका अनुसार यी औषधिले रोग निर्मुल पार्ने होइन , समस्याहरु तत्काललाई समाधान गर्ने मात्र हो यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरुमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्सका जस्ता समस्यासमेत आउने डाक्टरहरुको भनाइ छ ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।
Saturday, July 6, 2019
फेरी शुरु भयो नेपालमा रगतको भेल बग्न, विप्लव समूह र प्रहरीबीच
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच दैनिकजसो गोली हानाहानको खबर सार्बजनिक हुन्छन ।यो भिडियो हेर्नुहोस् प्हरी र सरकार जवाफी फायरिङ गरेको बताउँछ भने बिप्लव आफना कार्यकर्तालाई खोजीखोजी गोली प्रहार र हत्या गरेको बताउँछ । प्रहरीले ईन्काउण्टरको नाम दिएर दुई जना कार्यकर्ताको हत्या समेत गरिसकेको छ । तर बिप्लवले सोही कारबाहीलाई फेक ईन्काउण्टर दाबी गर्दै आएको छ ।
सोमबार मात्र संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा बिहान बिप्लव कार्यकर्ता र प्रहरीबिच गोली हानाहान भएको खबर सार्बजनिक भयो । तर बिप्लवले आफना कार्यकर्ता माथी खेदीखेदी गोली हानेको बताएको छ ।
सोमबार मात्र संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा बिहान बिप्लव कार्यकर्ता र प्रहरीबिच गोली हानाहान भएको खबर सार्बजनिक भयो । तर बिप्लवले आफना कार्यकर्ता माथी खेदीखेदी गोली हानेको बताएको छ ।
यो पनि पढ्नुस – दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।
हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।
‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।
छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।
दुप्चेश्वर महादेवको उत्पत्ति: पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।
त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।
सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।
Thursday, June 13, 2019
लोग्ने विदेशमा कमाउने, घरमा श्रीमती अर्कैसँग रमाउने ! यसरी भयो पर्दाफास
परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आज काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उहाँले प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताउनुभयो । रासस
साउदीमा नेपाली युवकलाई मृत्युदण्डको फैसला ! पूरा विवरण हेर्नुहोस्
साउदी अरबियाको पुनरावेदन अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको छ ।
उदयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ बर्षदेखि जेलमा रहेकोमा दोषी ठहरिए मृत्युदण्डको हुने फैसला सुनाएको हो ।
सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको बताइएको छ ।
जुबेलस्थित हायल जेलमा रहेका दाहालको जीवनरक्षाका लागि रिहादस्थित नेपाली दुताबासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो।
अदालतले पीढित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको बताइएको छ ।
यो पनिः–
साउदी अरेबियामा बस्ने नेपालीहरू
साउदी अरेबिया इस्लामिक देश हो । नेपालको चाडपर्वमा साउदी अरेबियामा बिदा पाइँदैन । त्यहाँको स्थानीय चाडपर्व इद, रमजानमा कम्पनीको नियमअनुसार बिदा पाइन्छ । हरेक वर्ष ३० दिन बिदा पाइने साउदी अरेबियामा हरेक शुक्रबार पूरा अनि शनिबार आधा दिन बिदा हुन्छ ।
साउदी अरेबियाको रियादस्थित सिद्धारामा कार्यरत अर्घाखाँचीका अरुण बेल्बासे त्यहाँको बसाइबाट सन्तुष्ट छन् । बेल्बासेका अनुसार समयमा तलब, बोनस पाइन्छ । महिला कामदारका लागि साउदी अरेबिया एकदमै असुरक्षित देश हो त्यसैले नेपाली दिदी–बहिनीहरूलाई म साउदी अरेबियामा घरेलु कामदारका रूपमा नआउन सुझाव दिन्छन्, दीपक रेग्मी ।
साउदी अरेबियाबाट नेपाल र नेपालीले सिक्नुपर्ने कुरा धेरै छन् । मुख्य कुरा सीप हो । त्योभन्दा ठूलोकुरा नियम–कानुनलाई कडा बनाउन सकियो र आफ्नै देशमा रोजगारी दिन सकियो भने देशको विकास हुन कुनै तन्त्र, कुनै वाद, कुनै दल वा कुनै पनि क्रान्तिको आवश्यकता पर्दैन भन्ने कुराको उदाहरण पनि साउदी अरेयिबा नै हो ।
देशमा भएका विभिन्न धार्मिक सम्पदा, पर्यटन उद्योग एवं खानीको सदुपयोग गरे अरूको मुख ताक्नु पर्दैन भन्ने पाठ सिक्न आवश्यक छ । साउदी अरेबियामा अवैधानिक तरिकाले काम गर्न आउने नेपालीहरू पनि उत्तिकै छन् । नेपाली दूतावासले विभिन्न किसिमका समस्यामा परेका नेपालीलाई यहाँको नियम कानुनमा रही सक्दो सहयोग गर्दै आएको छ ।
मुख्य कुरा साउदी अरेबिया पुगेपछि त्यहाँको धर्म, महिला, लागू पदार्थ, जुवा–तासजस्ता कुरामा हर समय सजग रहनुपर्छ ।
सन् १९९९ मा साउदी अरेबिया पुगेका सिराहाका सुनिलप्रसाद गुप्ता पनि त्यहाँको बसाइप्रति असन्तुष्ट हुने ठाउँ देख्दैनन् । कम्पनीको कामको चापअनुसार ओभरटाइम पाइन्छ । गुप्ता भन्छन्– यहाँका हरेक कम्पनीले वर्षमा ३५ दिन अनिवार्य बिदा दिन्छन् ।
त्यसो त विदेश आउनुभन्दा सकभर नेपालमै केही गर्न सुझाउँछन्, जुबेल, साउदी अरेबियामा कार्यरत बाग्लुङका प्रमोद शर्मा लामिछाने । उनी स्थानीय सुपर मार्केटमा इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टअन्तर्गत सिस्टम एनालाइसिस्टका रूपमा कार्यरत छन् ।
विदेश नै आउनुपर्ने बाध्यता भए कुनै प्राविधिक काममा निपूर्ण भएर मात्र आउँदा उपयुक्त हुने लामिछानेको सल्लाह छ । लामिछाने भन्छन्– साउदी अरेबिया आएर गरिने जस्तो कठोर मेहनत नेपालमै गर्न सक्ने हो भने सोचेभन्दा चाँडो आधुनिक र समुन्नत नेपाल बनाउन सकिन्छ ।
भुल्न नसकिने थुप्रै अनुभव सँगालेको छुः सुरेशराज त्रिपाठी
साउदी अरेबिया कहिले पुग्नुभयो ?
सन् २००७, २० डिसेम्बरमा । म रियादस्थित एक पाँचतारे होटलमा असिस्टेन्ट एचआर म्यानेजरका रूपमा कार्यरत छु । कत्तिको खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु । महिना सकिनु एक–दुई दिन पहिल्यै तलब पाइन्छ । बोनस पनि समयमै पाइन्छ । कुनै समस्या भोग्नुपरेको छैन । ११ महिना काम गरेपछि १ महिना वार्षिक बिदा पाइन्छ । त्यति बेला म नेपाल पुग्छु ।
समस्यामा पर्दा दूतावासले कत्तिको सहयोग गर्छ ?
नेपाल सरकारको मातहतमा रहेका सरकारी निकायहरू सधैं केही न केही कुरामा विवादमा मुछिइरहेका हुन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । पछिल्ला ३र४ वर्षदेखि नेपाली राजदूतावास रियादले साउदी अरेबियामा रहेका नेपालीहरूको हितमा राम्रो काम गरिरहेको छ ।
साउदी अरेबिया बस्दाको अनुभव कस्तो छ ?
साउदी अरेबियाको बसाइले धेरै कुरा सिकाएको छ । आर्थिक, राजनैतिक स्थिति तथा यहाँको विकासलाई नजिकबाट नियाल्न पाएको छु । मेरो अनुभवमा समृद्धिका लागि मेहनत नै पहिलो सर्त हो ।
त्यहाँको लामो बसाइले के सिकायो ?
आफूलाई कसरी प्रस्तुत गर्ने, राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय संघ–संस्था समुदायहरूसँग कसरी सम्बन्ध बढाउने, देशप्रति एउटा नागरिकको जिम्मेवारी के–के हुन्, देशको विकासमा एउटा नागरिकको भूमिका के–कस्तो हुन्छ भन्ने कुराको ज्ञान मैले यहीँ पाएँ ।
नेपाली युवाहरूको आकर्षणको केन्द्र
अरुण बेल्बासे, रोज अर्घाखाँची हाल स् रियाद, साउदी अरब म साउदी आएको ९ वर्ष भयो । अरेबिका क्याफेमा कार्यरत छु । म अत्यन्तै खुसी छु । मेरो कम्पनीको सबैभन्दा राम्रो पक्ष भनेकै समय मै तलब दिनु हो । हरेक बर्ष ३० दिन विदा मिल्छ ।
नेपाल आउने जाने खर्च कम्पनीले नै दिने भएकाले म बर्षे्नि नेपाल जान्छु । यहाँ बस्दा हरेक हप्ताको शुक्रबार पुरा अनि शनिवार आधा दिन बिदा हुन्छ ।
यो मुस्लिम देश हो । यस कारण हाम्रो नेपालका चाडपर्व अनुसार प्रायस् साउदी अरबमा बिदा दिदैन । अपवादमा हुन सक्छ । तर यहाँका चाडपर्व जस्तैस् इद , रमदानमा चाहि कम्पनीको नियम अनुसार बिदा मिल्छ ।
संसारकै कडा नियम कानुन र शत प्रतिसत इस्लाम रहेको हुँदा अन्य देशहरूमा जस्तो खुल्ला रुपमा कार्यक्रम गर्न नपाए पनि दर्जनौं संघ संस्था हरुले विभिन्न तरिकाले आफुलाई अनुकुल पर्ने किसिम ले कार्यक्रम गर्दै आएका छन् ।
नेपाली दूतावासले विभिन्न किसिमका समस्या परेका नेपालीलाई यहाँको नियम कानुनमा रहि सक्दो सहयोग गर्दै आएको छ । तर साउदी अरब निकै ठुलो भएको र टाढा–टाढासम्म नेपाली छरिएर काम गर्ने अनि अबैधानिक तरिकाले पनि केहि नेपाली आउने भएकाले सहयोगमा कहिलेकाहीं ढिला भएको पाईएको छ ।
विभिन्न संस्थामा आबद्द हुने, कार्यक्रममा भाग लिने, साथिहरुसंग राम्रो सद्भाव राख्ने बानी भएकाले र आफूलाई धेरै भन्दा धेरै ब्यस्त राखेर होला रमाइलो छ । समय बितेको थाहा नै हुँदैन ।
यद्यपि आफ्नो देश, परिवार र बिशेष गरि आफ्नी प्रियसिसंगको बिछोडले चाहिं भाला नै रोप्छ । म सुरु देखि नै अरबिका क्याफे भन्ने कम्पनीमा काम गर्दै आएको छु । सुरु मा लेभर भिसामा आए पनि अनुशासन र मेहनतले गर्दा बिगत चार बर्षदेखि क्वालिटी म्यानेजर र मेन्टिेनेन्स डिपार्ट पनि कन्ट्रोल गर्दै आएको छु ।
मलाई यहाँको मनपर्ने कुरा महिलालाई गरिने इज्जत हो । मन नपर्ने पक्ष आफूलाई काम गर्ने क्रममा पुरा रियाद भरि ड्राइभ गर्नुपर्ने भएकोले अत्यधिक ट्राफिक जाम हुन्छ । त्यो चैं मन पर्दैन ।
Monday, April 22, 2019
६१ वर्षिय नारायणको ४५ बर्षे लक्ष्मीसँग बिहे : नातिनातिना जन्ती !
६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका छन् यी जोडीले ।
गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग धुमाधामले लगनगाँठो कसेका हुन् ।
आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम विवाहको रौनक जारी छ ।
अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’
उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । २०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए ।
हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् । यो खबर रातोपाटीमा प्रेम सुनारले लेखेका छन् ।
Monday, April 15, 2019
अख्तियारको फन्दामा परे यी कम्युनिस्ट अध्यक्ष, ३ करोड घोटालाको चक्कर !
संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी २ करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ ।
यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डर विना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ । ‘सचिवालयले यो वर्ष दुई करोड ९७ लाखको मालसामान खरिद तथा विभिन्न मर्मत कार्य बोलपत्र आह्वान नगरी सीधै खरिद गरेको देखियो,’ शुक्रबार सार्वजनिक महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीमा भएको व्यवस्थाको पालना गरी खरिद कार्य गर्नुपर्दछ ।’
सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ । तर संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपैयाँ भुक्तानीसमेत गरेको छ ।
अख्तियारले पनि छानबिन गर्दै
संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी खर्च गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत समिति सभापति तथा सचिवको कार्यकक्ष निर्माणका लागि भन्दै सचिवालयले काम अघि बढाएको विषयमा अख्तियारले दुई–दुईवटा पत्र पठाइसकेको छ ।
सचिवालय स्रोतका अनुसार अख्तियारले के–कति प्रक्रिया पूरा गरी के–कति रकमबराबरको निर्माण कार्य गरिएको हो, त्यसको जानकारी पठाउन भन्दै सचिवालयलाई पहिलो पत्र पठाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
चित्तबुझ्दो जवाफ नपाएपछि अख्तियारले गत २० कात्तिका
मा दोस्रो पत्र पठाएको छ । ‘के–कति प्रक्रिया पूरा गरी के–कति रकम बराबरको निर्माण कार्य गरिएको हो, तत् सम्बन्धमा प्राप्त पत्रमा विस्तृत रूपमा उल्लेख गरिएको तथा तत्सम्बन्धी कागजात संलग्न गरिएकोसमेत पाइएन,’ अख्तियारले भनेको थियो, ‘अतः भवन नम्बर २ मा के–कति निर्माण कार्य के–कसो कानूनी प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो आवश्यक कागजातसहित जानकारी गराउनू ।’ यस विषयमा अनुसन्धान टुंगिएपछि जानकारी गराउने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
संसद् सचिवालयले भने आफूले सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । ‘छानबिन भइरहेको होला । सोधपुछ गर्नु स्वाभाविक हो,’ सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘हाम्रो संस्थाले चाहिँ सबै प्रक्रिया पूरा गरेको छ । धेरै नियम, कानून, ऐन प्रस्ट नभएकाले विभिन्न निकायले प्रश्न उठाउँछन् ।’
महालेखा प्रतिवेदन भन्छ – अर्थको स्वीकृतिविना दिइएको प्रोत्साहन भत्ता असुल गर्नु ऐनअनुसार कुनै पनि कार्यालयले सुविधा वृद्धि गर्दा अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्छ । तर सचिवालयले ०७४ को माघदेखि असार मसान्तसम्म ६ महिना अर्थ मन्त्रालयको स्वीकृतिविनै प्रोत्साहन भत्तास्वरूप तीन करोड ६९ लाख १७ हजार रुपैयाँ कर्मचारीलाई बाँडेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
‘यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धितबाट असुल गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।
नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज नेता प्रचण्डको निधन
चिरन बराल / पुराखबर
नेपाल कम्युनिस्ट अान्दोलनका एक
अति नै ईमानदार , हाकि व्यक्ति सास्कृती अान्दाेलनका अग्रज नेता तथा जन गाएक प्रचण्ड बुढाथाेकिकाे अाफ्नै निवास बर्दघाट चिसापानीमा निधन भएकाे छ। सभासद सिन्धु जलेसा का पिता प्रचण्ड युवा अबस्था देखि नै जनवादी गितहरु गाउँदै जनता जगाउदै कम्युनिस्ट अन्दाेलनमा लागेका थिए।उनका गितहरु प्राय लाेक भाकामा हुन्थ्यो र उनका गित सुने पछि मान्छे जुरुक्क जुरुक्क उठथे र कुनै पनि कार्यक्रम मा प्रचण्ड अाउदै छन रे भन्ने सुने पछि त्यहा जनताकाे भिड नै लाग्थ्यो । पञ्चायती कालमा निडरका साथ गित मार्फत अाबाज बुलन्द गर्ने उनका “काेकल काेकल न करा काेकले सुकुम्बासी जुम्रिए भाेकले” , कहाँ गयाे गैरिकाे साईलाे फलानाे ठाँउमा हुदैछ रमाईलाे , देउचुलि बरचुलि डाँडा…./ जस्ता अति नै कर्ण प्रिय , लाेक प्रिय गितहरु का माध्यमबाट जनमानसमा अतिनै प्रिय व्यक्ति काे रुपमा स्थापित हुनु हुन्थ्यो भने गाउकै सरकारि स्कुलमा अध्यापन गर्नु हुन्थ्यो । एक ईमान्दार कम्युनिस्ट नेता, एक हाेनहार कलाकार, बामपंथी बुद्धिजीवी देशले गुमाउनु पर्दाकाे यश घडिमा वहा प्रति पूरा खबरकाे तर्फबाट हार्दिक श्रद्धाञ्जली ।
अति नै ईमानदार , हाकि व्यक्ति सास्कृती अान्दाेलनका अग्रज नेता तथा जन गाएक प्रचण्ड बुढाथाेकिकाे अाफ्नै निवास बर्दघाट चिसापानीमा निधन भएकाे छ। सभासद सिन्धु जलेसा का पिता प्रचण्ड युवा अबस्था देखि नै जनवादी गितहरु गाउँदै जनता जगाउदै कम्युनिस्ट अन्दाेलनमा लागेका थिए।उनका गितहरु प्राय लाेक भाकामा हुन्थ्यो र उनका गित सुने पछि मान्छे जुरुक्क जुरुक्क उठथे र कुनै पनि कार्यक्रम मा प्रचण्ड अाउदै छन रे भन्ने सुने पछि त्यहा जनताकाे भिड नै लाग्थ्यो । पञ्चायती कालमा निडरका साथ गित मार्फत अाबाज बुलन्द गर्ने उनका “काेकल काेकल न करा काेकले सुकुम्बासी जुम्रिए भाेकले” , कहाँ गयाे गैरिकाे साईलाे फलानाे ठाँउमा हुदैछ रमाईलाे , देउचुलि बरचुलि डाँडा…./ जस्ता अति नै कर्ण प्रिय , लाेक प्रिय गितहरु का माध्यमबाट जनमानसमा अतिनै प्रिय व्यक्ति काे रुपमा स्थापित हुनु हुन्थ्यो भने गाउकै सरकारि स्कुलमा अध्यापन गर्नु हुन्थ्यो । एक ईमान्दार कम्युनिस्ट नेता, एक हाेनहार कलाकार, बामपंथी बुद्धिजीवी देशले गुमाउनु पर्दाकाे यश घडिमा वहा प्रति पूरा खबरकाे तर्फबाट हार्दिक श्रद्धाञ्जली ।
Sunday, April 14, 2019
२०७६ सालमा यी ६ राशिलाई पर्दै छ महाँसंयोग सहितको भाग्यफल, कुन राशिलाई कस्तो फाईदा देखि असर
२०७६ सालको पहिलो दिन नै सूर्यको राशी परिवर्तन परेको छ। नयाँ वर्षको दिन बिहान ७ बजेर ५५ मिनेटबाट सूर्य आफ्नो उच्च राशी मेषमा हुनेछन्।
सूर्यले मिन राशिबाट मेष राशिमा प्रवेश गर्दा महासंयोग बन्ने गर्छ। मेष राशि सूर्यको उच्च राशि रहेको छ। जस कारण राशि चक्रमा ठूलो असर पर्न जाने हुन्छ।
ज्योतिषहरुका अनुसार सूर्यले लामो समय पश्चात आइतवारका दिन राशी परिवर्तन गर्न गईरहेको छ। आइतबार सूर्यकै बार पनि हो। यहि दिन मर्यादा पुरुष भगवान श्री रामको जन्मदिन पनि रहेकाले सूर्यले राशी परिवर्तन गर्दा महासंयोग बन्न जाने हुन्छ
राशि चक्रमा पर्ने असर र महासंयोगले कुन राशिलाई कस्तो असर गर्छ ? हेर्नुहोस !
कुन राशी हुनेहरुका लागि सुर्यको राशी परिवर्तनले कस्तो फल देला त ?
मेष राशी
मेष राशी भएकाहरुका लागि सुर्यले हरेक क्षेत्रमा सफलता दिलाउने छ। विशेषगरी यस राशिले पाँचौं भावको सिंह राशी स्वामी भई उच्च राशिमा परिवर्तन गर्न लागेको हुदा पत्रकारिता , राजनीति एवम अन्य क्षेत्रमा प्रसस्त लाभ पुर्याउने देखिन्छ।
वृष राशी
सुर्य वृष राशिको बाह्रौं भावमा रहने भएको हुदा सुर्यले आँखा तथा कम्मर संग सम्बन्धित समस्या देखिन सक्छ। सुर्यको राशी सिंह चतुर्थ भावमा रहने छ। जसका कारणले आय भन्दा व्ययको मात्रा अधिक मात्रामा बढेर जान सक्ने तथा विभिन्न समस्याको सामना गर्नु पर्ने स्थिति सिर्जना हुन सक्नेछ।
मिथुन राशी
मिथुन राशी हुनेहरुका लागि सुर्यले कार्यबल वृद्धि गर्ने , हरेक कार्यमा सफलताको मार्ग निर्देश गर्ने , धर्म कर्ममा मन लाग्ने तथा अन्य थुप्रै लाभ हुने देखिन्छ।
कर्कट राशी
कर्कट राशी हुनेहरुको लागि यस समयमा सुर्य कर्कट राशिको दशौँ भावमा प्रवेश गर्दै छ जसले मुटु तथा कम्मर सम्बन्धि समस्या देखिन सक्छ। यसका साथै सानातिना कुरामा सफलता प्राप्त हुनेछ तर पनि यस राशी भएकाहरुले एक महिनाको अवधिभर पूर्ण सावधानी अपनाउनु पर्ने देखिन्छ किनकि कर्कट राशी जलको हो जबकि सुर्य अग्नि तत्वको भएकाले बिशेष सतर्क रहन आवश्यक छ।
सिंह राशी
नवौं स्थानमा रहने सुर्यले यस पटक सिंह राशी भएकाहरुको भाग्य उदय गर्ने छ। धर्मकर्म , भुमि , बाहन तथा अन्य क्षेत्रमा लाभ दिने छ। सरकारी क्षेत्रमा बिशेष सफलता हात लागि हुने समय रहेको छ।
कन्या राशी
आठौँ स्थानमा रहेको सुर्यले कन्या राशी भएकाहरुको गुप्त योजनामा लाभ हुने , धन संचय हुने ,साथै बाणी तथा विदेश यात्राका लागि समेत योग हुन सक्ने छ।
तुला राशी
यस राशी हुनेहरुका लागि सुर्यले सातौं स्थानमा प्रवेश गर्ने छ। जसले कार्यमा सफलता मिल्नेछ , मनमा द्विविधा छाउनेछ , टाउको दुखाई सम्बन्धि समस्या देखिन सक्नेछ। तथापी चन्द्र मजबुत पार्नका लागि अत्यधिक पानीको सेवन गर्नु आवश्यक रहने छ।
वृश्चिक राशी
सुर्यको राशी परिवर्तनले यस राशी हुनेहरुका लागि राज्यक्षेत्रमा लाभ , कर्यक्षेत्रमा लाभ , नोकरीमा लाभ तथा अन्य थुप्रै क्षेत्रमा लाभ तथा सफलता मिल्ने देखिन्छ। साथै सरकारी रोजगारीमा लागेकाहरुको लागि पदोन्नति समेत हुन सक्ने देखिन्छ।
धनु राशी
धनु राशी हुनेहरुका लागि सुर्यको पाँचौं भावको प्रवेशले सन्तान , बिद्या एवम बुद्धिमा फाइदा पुर्याउने छ। साथमा लामो दुरीको यात्रा हुन सक्ने , तथा धन लाभ हुने समेत सम्भावना रहेको छ।
मकर राशी
मकर राशी हुनेहरुका लागि सुर्यले भुमि , भवन तथा पिताको तर्फबाट लाभ हुनेछ। अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछन। मित्र धोका हुन सक्छ सावधान रहनुपर्ने छ। तथा मुटु सम्बन्धि समस्याले सताउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
कुम्भ राशी
कुम्भ राशी हुनेहरुका लागि सुर्यले पराक्रम वृद्धि गर्ने , धर्मकर्ममा लाभ हुने , मित्रको तर्फबाट लाभ हुने तथा नोकरीमा पदोन्नतिको योग रहने छ।
मिन राशी
मिन राशी भएकाहरुका लागि सुर्य धन तथा बाणीमा लाभ दिनसक्ने राशी साबित हुनेछ। यसका साथै गो
तपाईको घरमा यी ४ जनावरहरुको जोडीको मूर्ति राख्नुस् ,सोचेको काममा सफलता मिल्नेछ (हेर्नुस्)
वास्तु शास्त्रअनुसार हाम्रो घरमा विभिन्न कुराहरुको सजावटले पनि शुभ र अशुभ भन्ने कुराहरुको पनि सङ्केत गर्ने जनाइएको छ । किनभने वास्तु शास्त्रीहरुले पनि यस्तो कुराहरुको विभिन्न मान्यताहरु राखेका छन् । विशेष गरी देवताको फोटोहरुमा पनि गणेश ,विष्णु ,बर्मा ,सरस्वतीको तस्विरहरु राख्ने गर्दछन् ।
तर यी बाहेक पनि कसैले पशुपक्षीहरुको पनि फोटो टासेर आफ्नो घरमा सुख , शान्ति भित्र्याउने गर्छन् । त्यसैक्रममा आज हामी तपाईहरुलाई सोही विषय जनावरहरुको फोटो वा मूर्ति राख्दा चाही के के फाइदा हुन्छ ,भनेर देखाउन गइरहेका छौ । हेरौ यी जनावरहरुको जोडीको मूर्ति यदि घरमा राख्नुभयो भने घरमा शुभ हुने हुन्छ ।
-सुरुवातमा कुरा गरौ , हामीले सान र मानको लागी चढेर हिड्ने घोडाबाट ,यदी तपाईको घरमा घोडाको जोडी छ भने यसले हाम्रो जीवनमा शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । त्यसैले त घोडालाई शक्तिको प्रतिक पनि भनिन्छ ।
-त्यसैगरी दास्रोमा यदि हाम्रो राष्ट्रिय जनावर गाईको मुर्ति राख्नुभयो भने घरमा प्रेम, शान्ति र संस्कार ल्याउने मान्यता रहेका छ । किनभने यसलाई भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिन्छ ।
-त्यसैगरी निकै ठुलो जनावर मानिने तथा लक्ष्मीको बाहन हात्तीको मूर्ति यदि घरमा राख्नुभयो भने लक्ष्मीको वास हुने विश्वास रहेको छ ।
-त्यसैगरी ढिलो गतिमा हिड्ने कछुवाको मूर्ति राख्नु पनि अति उत्तम मानिन्छ । किनभने यदि यस जनावरको मूर्ति राखेमा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास रहेको छ ।
Wednesday, February 20, 2019
बद्री पंगेनी भन्छन्ः गीत डिलिट गरेर पशुपतीले ठीक गरे ! (हेर्नुहोस पुरा बिबरण)
लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् ।
उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरी अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नु भयो । मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ ।’
पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमत रहेको उनले बताए । ‘यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ । उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ’ उनले भने ।
पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’ भाइरल नै भएको छ । अब, सामाजिक सञ्जाल र युट्युबका गीतलाई संघ र पशुपति आफैले पनि केही गर्न नसक्ने उनी बताउँछन् । पहिलो नेपाल खब
मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता नक्कली !
समिति स्रोतका अनुसार अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ। भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा अन्सारीको जन्म भएको उजुरीकर्ताको दाबी छ। समितिले उजुरीकर्ताको नाम गोप्य राखेको छ। स्रोतका अनुसार अन्सारीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको दाबी गरिएको छ।
अन्सारीले काठमाडौंस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरेको तर भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी छ। काठमाडौं मदरसाबाट ९ कक्षा उत्तीर्ण गरेका अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरीमा छ।
राजनीतिक दलको सदस्यसम्बद्ध व्यक्ति आयोगमा योग्य नहुने भए पनि अन्सारी सत्तासीन नेकपाकै केन्द्रीय सदस्य रहेकाले आयोग अध्यक्षका लागि अयोग्य रहेको उजुरीकर्ताको दाबी छ। सत्तासीन नेकपाको केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि अन्सारीको नाम केन्द्रीय सदस्यबाट पार्टीले आयोगमा पत्र पठाएको छैन। एक निजी बैंकको चेक बाउन्स काण्डमा अन्सारीलाई पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको पनि समिति स्रोतले बतायो। अन्सारीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि समितिमा रहेका नेकपाका सांसद पार्टी नेतृत्वसँग सल्लाह गर्ने तयारीमा रहेको बताउँछन्। ‘उहाँ (अन्सारी) विरुद्ध गम्भीर प्रकृतिका उजुरी परेकाले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि सल्लाह गर्ने तयारीमा छौं,’ समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘सरकार र पार्टीको बेइज्जत हुने काम नहोस् भन्नेमा हामी सचेत छौं।’
माघ ७ को संवैधानिक परिषदको बैठकले मुस्लिम आयोगमा अन्सारी सहित प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरी सुनुवाइ समितिमा पठाएको थियो। सुनुवाइ समितिले १० दिनको समय दिएर प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गरेको थियो। समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीहरू अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको बताए। कांग्रेसले प्रक्रिया नपु¥याई आयोगमा सिफारिस गरिएको भन्दै बैठक बहिष्कार गरेको छ।
Subscribe to:
Comments (Atom)