शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।
सरकारी वकिलको कार्यालयले प्रहरीको राय अनुसार नै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत, चितवनमा दर्ता गराएको हो ।
अब अदालतमा प्रतिवादी तीनजना मध्ये दुई जनाको बयान लिन बाँकी रहेको जानकारी गराइएको छ । अस्मिता कार्कीको बयान सकिएको बताइएको छ भने सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बयान भने भोलि मात्र हुने सम्भावना बढेको छ । बयानपछि भोलि नै थुनछेक बहस हुने सम्भावना रहेको छ । त्यसपछि मात्र अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ ।
न्यायाधीश हेमन्त रावलको इजालशमा मुद्दा पेश भएको छ । बहस लम्बिने सम्भावना भएकाले आजै प्रारम्भिक आदेश आउ
न नसक्ने पनि बताइएको छ ।
गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।
Adestra
Loading...
ads
Loading...
adf
Loading...
Sunday, August 25, 2019
Saturday, August 24, 2019
Monday, August 19, 2019
Thursday, August 15, 2019
मकैबारीमा आकस्मिक विमान अवतरण, सयभन्दा बढी यात्रु सकुशल (भिडियो)
बिहीबार एक विमानले मकैबारीमा आकस्मिक अवतरण गरेको छ । आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन् । मस्कोको एक विमानस्थलमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले , ज्वालाले सार्वजनिक गरिन् प्रमाण !
। पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्या गर्नुअघि खिचेको भिडियो
सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरण गम्भीर मोडमा पुगेको छ। मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् । उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा शालिकरामले कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२ २३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’ यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले ‘घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै’ स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । ज्वालाका यी स्क्रिनसट शालिकरामले नाम लिएकी युवती अस्मिता र ज्वालाको कुरा हुने गरको कुरा समेत बाहिरिएको छ ।
सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरण गम्भीर मोडमा पुगेको छ। मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् । उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा शालिकरामले कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२ २३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’ यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले ‘घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै’ स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । ज्वालाका यी स्क्रिनसट शालिकरामले नाम लिएकी युवती अस्मिता र ज्वालाको कुरा हुने गरको कुरा समेत बाहिरिएको छ ।
Sunday, August 4, 2019
नागरिकता खारेज भएका राजेन्द्र महतो को हुन् ?
- सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको विषय विवादित बनेको छ।
- आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजेन्द्र महतो, सहित ८ जनाको नागरिकता खारेज गरिएको जनाकारी गराएका थिए।
- मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा राजेन्द्र महतो र अन्य ७ जनाको नागरिकता खारेज गरिएको निर्णय छ। (निर्णय नं. ११. झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ, अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो।)
- निर्णयमा विभिन्न व्यक्तिहरुको नाम राखिएको तर उनीहरुको वास्तविक ठेगाना र अन्य विवरण केही पनि उल्लेख नगरेपछि यसबारे अनेक शंका उब्जिएका हुन्। कतिपयले राजेन्द्र महतोको नामलाई राजपाका नेता राजेन्द्र महोतोको नामसँग जोडेर व्याख्या गर्दा अन्योल देखिएको हो।
- यसबारे गृहमन्त्रालय भने छुट्टाछुट्टै रुपमा स्पष्टिकरण दिन बाध्य भएको छ। नेपालसमयसँगको कुराकानीमा मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले नागरिकता खारेजीमा परेका राजेन्द्र महतो पूर्व मन्त्री एवम् राजपा नेता नभएको स्पष्ट पारे।
- आइतबारको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजेन्द्र महतो सहित राजेश्वर महतो, विन्दे महतो, दानादेवी महत्तो, रामकिशोर महतो, राजकुमार महतो, सोशिल महतो र अशोक साहले झुठो विवरण पेश गरेर नागरिकता लिएको भन्दै खारेज गरिएको बताएका थिए।
- गृहमन्त्रालयका सुचना अधिकारी अधिकारीले नागरिकता खारेज गरिएका व्यक्ति राजपा नेता नभएको र पत्रकार सम्मेलनमा पुरा विवरण उल्लेख नगर्दा भ्रम फैलिएको बताए। अधिकारीले भने, ‘हामीले सम्पूर्ण विवरण पठाएका थियौँ उच्चारण गर्दा फरक पर्यो होला, उनी राजपा नेता महतो होइनन्।’
- नागरिकता खारेज गरिएका राजेन्द्र महतो को हुन् भन्नेबारे भने सूचना अधिकारी उमाकान्तले पनि विवरण बताएनन्।
प्रचण्डको परिवार बाट आयो दुखद खबर
- नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएरसमेत स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड परिवारसहित पाँच महिनाअघि अमेरिका पुगेका थिए । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार पश्चात उनलाई निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको पत्तो लागेको थियो ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।सीताले लामो समयदेखि सुगर तथा अन्य दीर्घ रोगहरुको औषधि खाइरहेकी थिइन् । सुगरले गलाएका कारण उनी बेला-बेलामा बिरामी परिरहन्थिन् । तर, यति घातक रोग ‘पीएसपी’ लाग्छ भनेर कसैले अनुमान गरेका थिएनन् ।लगभग १६ महिनाअघि सीतालाई लिएर प्रचण्ड सिंगापुर प्रस्थान गरे । सिंगापुर पुग्नुअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्वीर सार्वजनिक भयो । छेउमा बसेका प्रचण्ड निराश देखिन्थे । सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबर त्यतिबेलै बाहिरिएको थियो । तर, त्यतिबेला उनलाई ‘पीएसपी’ रोगले च्यापेको सार्वजनिक भइसकेको थिएन ।सिंगापुर पुगेपछि सीताले पानीमा डुबुल्की मारिरहेको केही तस्वीर सार्वजनिक भए । त्यहाँका डाक्टरहरुले ‘सीतालाई पार्किन्सनको लक्षण देखिएको’ बताएका थिए ।त्यसलगत्तै गत कात्तिकमा प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे । त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्वीर सार्वजनिक भयो । त्यसपछि सीताको स्वास्थ्य अवस्थाबारे फेरि चर्चा भयो ।त्यस्तै सात महिनाअघि सीतालाई धापाखेलस्थित सुमेरु अस्पतालको आईसीयुमा एक सातासम्म राखियो । उनका निजी चिकित्सक डा. युवराज शर्माले विभिन्न रोगका कारण उनी थलिएको बताएका थिए । सीताको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको उनले जानकारी दिएका थिए ।यसरी पटक-पटक श्रीमती बिरामी भएर हैरान भएका प्रचण्डले अमेरिका
- पुगेपछि बल्ल सीतालाई ‘पीएसपी’ भएको थाहा पाए । त्यसयता प्रचण्डले राजनीतिसँगसँगै परिवारलाई पनि समय दिन थालेको देखिन्छ के हो पीएसपी ?अमेरिकाको नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक ९एनआईएनडीएस० का अनुसार, पीएसपीले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ । पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो । मस्तिष्कका स्नायु कोष ९नर्भ सेल० क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ ।विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी अत्यन्तै कम मानिसहरुलाई देखिन्छ । यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।पीएसपीले मानिसहरुलाई हिँड्न गाह्रो बनाउने, निद्रा नलाग्ने र मष्तिष्कमा रक्त सञ्चार बन्द गराउनेसमेत गर्छ । वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्न मन लाग्छ ।पीएसपीको बिरामीलाई किन पानीमा डुबुल्की मार्नु पर्ने ?चिकित्सकहरूका अनुसार मनतातो पानीमा डुबुल्की मार्दा हाडजोर्नी, नशा र अन्य मानसिक रोगहरुको लागि प्रभावकारी हुन्छ । यस्तो उपचार पद्दतिलाई ‘हाइड्रोथेरापी’ उपचार भनिन्छ ।फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकालका अनुसार हाइड्रोथेरापी उपचार पद्दतिमा औषधि प्रयोग हुँदैन । यो उपचार पद्दतिबाट शरीरको कडापन कम भएर दुखाइ कम हुने सम्भावना बढ्छ । उनी भन्छन्, ‘शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीले नियन्त्रण गर्छ ।’ढकालका अनुसार नशाको रोग मात्रै हैन, अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ‘रिल्याक्स’ फिल गराउनको लागि हाइड्रोथेरापी गरिन्छ । हाइड्रोथेरापी’ ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन प्रभावकारी हुन्छ । शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासनसमेत गर्छ । शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो । र, यसले कुनै साइड इफेक्ट गर्दैन ।
- के पीएसपीले मानसिकरुपमा प्रभाव पार्छ ? उपचार के त ?
- वेभमेडका अनुसार यो रोग लागेका मानिसहरुलाई आफूले के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन । आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुँदैन ।यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन । यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।लामो समयदेखि ‘पीएसपी’बाट पीडित भएकै कारण प्रचण्डपत्नी सीताले आफूलाई सम्हाल्न सकिरहेकी छैनन् । उनको जटिल रोगलाई हेर्ने चिकित्सकले भनेका छन् कि उनको रोग निर्मूल पार्न सकिन्न । तर, औषधिको माध्यमबाट तत्काल नियन्त्रण गर्न भने सकिन्छ ।चिकित्सकहरुले पीएसपीका लागि ‘सिनमेट’ भन्ने औषधि सिफारिस गरेका छन् । सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुनाले हातखुट्टा बाउँडिने समस्यालाई यसले कम गर्छ । त्यस्तै ‘एण्टिडिप्रेसान्ट’ स्लिपिङ पिल्सले बिरामीलाई निदाउन सहयोग गर्छ भने दुखाइ कम गर्न मद्दत गर्छ ।एनआइएनडीएसका अनुसार यो रोगले सुरुवाती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि नहुने हुन्छ । वेभमेडका अनुसार यी औषधिले रोग निर्मुल पार्ने होइन , समस्याहरु तत्काललाई समाधान गर्ने मात्र हो यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरुमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्सका जस्ता समस्यासमेत आउने डाक्टरहरुको भनाइ छ ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।
Subscribe to:
Comments (Atom)