Adestra

Loading...

ads

Loading...

adf

Loading...

Thursday, June 13, 2019

लोग्ने विदेशमा कमाउने, घरमा श्रीमती अर्कैसँग रमाउने ! यसरी भयो पर्दाफास


परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आज काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उहाँले प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताउनुभयो । रासस

साउदीमा नेपाली युवकलाई मृत्युदण्डको फैसला ! पूरा विवरण हेर्नुहोस्



साउदी अरबियाको पुनरावेदन अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको छ ।

उदयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ बर्षदेखि जेलमा रहेकोमा दोषी ठहरिए मृत्युदण्डको हुने फैसला सुनाएको हो ।

सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको बताइएको छ ।

जुबेलस्थित हायल जेलमा रहेका दाहालको जीवनरक्षाका लागि रिहादस्थित नेपाली दुताबासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो।

अदालतले पीढित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको बताइएको छ ।

यो पनिः–

साउदी अरेबियामा बस्ने नेपालीहरू

साउदी अरेबिया इस्लामिक देश हो । नेपालको चाडपर्वमा साउदी अरेबियामा बिदा पाइँदैन । त्यहाँको स्थानीय चाडपर्व इद, रमजानमा कम्पनीको नियमअनुसार बिदा पाइन्छ । हरेक वर्ष ३० दिन बिदा पाइने साउदी अरेबियामा हरेक शुक्रबार पूरा अनि शनिबार आधा दिन बिदा हुन्छ ।

साउदी अरेबियाको रियादस्थित सिद्धारामा कार्यरत अर्घाखाँचीका अरुण बेल्बासे त्यहाँको बसाइबाट सन्तुष्ट छन् । बेल्बासेका अनुसार समयमा तलब, बोनस पाइन्छ । महिला कामदारका लागि साउदी अरेबिया एकदमै असुरक्षित देश हो त्यसैले नेपाली दिदी–बहिनीहरूलाई म साउदी अरेबियामा घरेलु कामदारका रूपमा नआउन सुझाव दिन्छन्, दीपक रेग्मी ।

साउदी अरेबियाबाट नेपाल र नेपालीले सिक्नुपर्ने कुरा धेरै छन् । मुख्य कुरा सीप हो । त्योभन्दा ठूलोकुरा नियम–कानुनलाई कडा बनाउन सकियो र आफ्नै देशमा रोजगारी दिन सकियो भने देशको विकास हुन कुनै तन्त्र, कुनै वाद, कुनै दल वा कुनै पनि क्रान्तिको आवश्यकता पर्दैन भन्ने कुराको उदाहरण पनि साउदी अरेयिबा नै हो ।

देशमा भएका विभिन्न धार्मिक सम्पदा, पर्यटन उद्योग एवं खानीको सदुपयोग गरे अरूको मुख ताक्नु पर्दैन भन्ने पाठ सिक्न आवश्यक छ । साउदी अरेबियामा अवैधानिक तरिकाले काम गर्न आउने नेपालीहरू पनि उत्तिकै छन् । नेपाली दूतावासले विभिन्न किसिमका समस्यामा परेका नेपालीलाई यहाँको नियम कानुनमा रही सक्दो सहयोग गर्दै आएको छ ।

मुख्य कुरा साउदी अरेबिया पुगेपछि त्यहाँको धर्म, महिला, लागू पदार्थ, जुवा–तासजस्ता कुरामा हर समय सजग रहनुपर्छ ।

सन् १९९९ मा साउदी अरेबिया पुगेका सिराहाका सुनिलप्रसाद गुप्ता पनि त्यहाँको बसाइप्रति असन्तुष्ट हुने ठाउँ देख्दैनन् । कम्पनीको कामको चापअनुसार ओभरटाइम पाइन्छ । गुप्ता भन्छन्– यहाँका हरेक कम्पनीले वर्षमा ३५ दिन अनिवार्य बिदा दिन्छन् ।

त्यसो त विदेश आउनुभन्दा सकभर नेपालमै केही गर्न सुझाउँछन्, जुबेल, साउदी अरेबियामा कार्यरत बाग्लुङका प्रमोद शर्मा लामिछाने । उनी स्थानीय सुपर मार्केटमा इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टअन्तर्गत सिस्टम एनालाइसिस्टका रूपमा कार्यरत छन् ।

विदेश नै आउनुपर्ने बाध्यता भए कुनै प्राविधिक काममा निपूर्ण भएर मात्र आउँदा उपयुक्त हुने लामिछानेको सल्लाह छ । लामिछाने भन्छन्– साउदी अरेबिया आएर गरिने जस्तो कठोर मेहनत नेपालमै गर्न सक्ने हो भने सोचेभन्दा चाँडो आधुनिक र समुन्नत नेपाल बनाउन सकिन्छ ।

भुल्न नसकिने थुप्रै अनुभव सँगालेको छुः सुरेशराज त्रिपाठी

साउदी अरेबिया कहिले पुग्नुभयो ?

सन् २००७, २० डिसेम्बरमा । म रियादस्थित एक पाँचतारे होटलमा असिस्टेन्ट एचआर म्यानेजरका रूपमा कार्यरत छु । कत्तिको खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । महिना सकिनु एक–दुई दिन पहिल्यै तलब पाइन्छ । बोनस पनि समयमै पाइन्छ । कुनै समस्या भोग्नुपरेको छैन । ११ महिना काम गरेपछि १ महिना वार्षिक बिदा पाइन्छ । त्यति बेला म नेपाल पुग्छु ।

समस्यामा पर्दा दूतावासले कत्तिको सहयोग गर्छ ?

नेपाल सरकारको मातहतमा रहेका सरकारी निकायहरू सधैं केही न केही कुरामा विवादमा मुछिइरहेका हुन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । पछिल्ला ३र४ वर्षदेखि नेपाली राजदूतावास रियादले साउदी अरेबियामा रहेका नेपालीहरूको हितमा राम्रो काम गरिरहेको छ ।

साउदी अरेबिया बस्दाको अनुभव कस्तो छ ?

साउदी अरेबियाको बसाइले धेरै कुरा सिकाएको छ । आर्थिक, राजनैतिक स्थिति तथा यहाँको विकासलाई नजिकबाट नियाल्न पाएको छु । मेरो अनुभवमा समृद्धिका लागि मेहनत नै पहिलो सर्त हो ।

त्यहाँको लामो बसाइले के सिकायो ?

आफूलाई कसरी प्रस्तुत गर्ने, राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय संघ–संस्था समुदायहरूसँग कसरी सम्बन्ध बढाउने, देशप्रति एउटा नागरिकको जिम्मेवारी के–के हुन्, देशको विकासमा एउटा नागरिकको भूमिका के–कस्तो हुन्छ भन्ने कुराको ज्ञान मैले यहीँ पाएँ ।

नेपाली युवाहरूको आकर्षणको केन्द्र

अरुण बेल्बासे, रोज अर्घाखाँची हाल स् रियाद, साउदी अरब म साउदी आएको ९ वर्ष भयो । अरेबिका क्याफेमा कार्यरत छु । म अत्यन्तै खुसी छु । मेरो कम्पनीको सबैभन्दा राम्रो पक्ष भनेकै समय मै तलब दिनु हो । हरेक बर्ष ३० दिन विदा मिल्छ ।

नेपाल आउने जाने खर्च कम्पनीले नै दिने भएकाले म बर्षे्नि नेपाल जान्छु । यहाँ बस्दा हरेक हप्ताको शुक्रबार पुरा अनि शनिवार आधा दिन बिदा हुन्छ ।

यो मुस्लिम देश हो । यस कारण हाम्रो नेपालका चाडपर्व अनुसार प्रायस् साउदी अरबमा बिदा दिदैन । अपवादमा हुन सक्छ । तर यहाँका चाडपर्व जस्तैस् इद , रमदानमा चाहि कम्पनीको नियम अनुसार बिदा मिल्छ ।

संसारकै कडा नियम कानुन र शत प्रतिसत इस्लाम रहेको हुँदा अन्य देशहरूमा जस्तो खुल्ला रुपमा कार्यक्रम गर्न नपाए पनि दर्जनौं संघ संस्था हरुले विभिन्न तरिकाले आफुलाई अनुकुल पर्ने किसिम ले कार्यक्रम गर्दै आएका छन् ।

नेपाली दूतावासले विभिन्न किसिमका समस्या परेका नेपालीलाई यहाँको नियम कानुनमा रहि सक्दो सहयोग गर्दै आएको छ । तर साउदी अरब निकै ठुलो भएको र टाढा–टाढासम्म नेपाली छरिएर काम गर्ने अनि अबैधानिक तरिकाले पनि केहि नेपाली आउने भएकाले सहयोगमा कहिलेकाहीं ढिला भएको पाईएको छ ।

विभिन्न संस्थामा आबद्द हुने, कार्यक्रममा भाग लिने, साथिहरुसंग राम्रो सद्भाव राख्ने बानी भएकाले र आफूलाई धेरै भन्दा धेरै ब्यस्त राखेर होला रमाइलो छ । समय बितेको थाहा नै हुँदैन ।

यद्यपि आफ्नो देश, परिवार र बिशेष गरि आफ्नी प्रियसिसंगको बिछोडले चाहिं भाला नै रोप्छ । म सुरु देखि नै अरबिका क्याफे भन्ने कम्पनीमा काम गर्दै आएको छु । सुरु मा लेभर भिसामा आए पनि अनुशासन र मेहनतले गर्दा बिगत चार बर्षदेखि क्वालिटी म्यानेजर र मेन्टिेनेन्स डिपार्ट पनि कन्ट्रोल गर्दै आएको छु ।

मलाई यहाँको मनपर्ने कुरा महिलालाई गरिने इज्जत हो । मन नपर्ने पक्ष आफूलाई काम गर्ने क्रममा पुरा रियाद भरि ड्राइभ गर्नुपर्ने भएकोले अत्यधिक ट्राफिक जाम हुन्छ । त्यो चैं मन पर्दैन ।