Adestra

Loading...

ads

Loading...

adf

Loading...

Wednesday, February 20, 2019

बद्री पंगेनी भन्छन्ः गीत डिलिट गरेर पशुपतीले ठीक गरे ! (हेर्नुहोस पुरा बिबरण)

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् ।
उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरी अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नु भयो । मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ ।’
पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमत रहेको उनले बताए । ‘यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ । उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ’ उनले भने ।
पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’ भाइरल नै भएको छ । अब, सामाजिक सञ्जाल र युट्युबका गीतलाई संघ र पशुपति आफैले पनि केही गर्न नसक्ने उनी बताउँछन् । पहिलो नेपाल खब

मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता नक्कली !

मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता नक्कली ! मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको छ। सुनुवाइ विशेष समितिको आइतबारको बैठकले विभिन्न संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी खोलेको थियो। समितिमा अन्सारीविरुद्ध मात्र ४ वटा उजुरी परेको र ती गम्भीर प्रकृतिका रहेको समितिका एक सदस्यले जनाए।
समिति स्रोतका अनुसार अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ। भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा अन्सारीको जन्म भएको उजुरीकर्ताको दाबी छ। समितिले उजुरीकर्ताको नाम गोप्य राखेको छ। स्रोतका अनुसार अन्सारीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको दाबी गरिएको छ।
अन्सारीले काठमाडौंस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरेको तर भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी छ। काठमाडौं मदरसाबाट ९ कक्षा उत्तीर्ण गरेका अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरीमा छ।
राजनीतिक दलको सदस्यसम्बद्ध व्यक्ति आयोगमा योग्य नहुने भए पनि अन्सारी सत्तासीन नेकपाकै केन्द्रीय सदस्य रहेकाले आयोग अध्यक्षका लागि अयोग्य रहेको उजुरीकर्ताको दाबी छ। सत्तासीन नेकपाको केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि अन्सारीको नाम केन्द्रीय सदस्यबाट पार्टीले आयोगमा पत्र पठाएको छैन। एक निजी बैंकको चेक बाउन्स काण्डमा अन्सारीलाई पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको पनि समिति स्रोतले बतायो। अन्सारीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि समितिमा रहेका नेकपाका सांसद पार्टी नेतृत्वसँग सल्लाह गर्ने तयारीमा रहेको बताउँछन्। ‘उहाँ (अन्सारी) विरुद्ध गम्भीर प्रकृतिका उजुरी परेकाले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि सल्लाह गर्ने तयारीमा छौं,’ समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘सरकार र पार्टीको बेइज्जत हुने काम नहोस् भन्नेमा हामी सचेत छौं।’
माघ ७ को संवैधानिक परिषदको बैठकले मुस्लिम आयोगमा अन्सारी सहित प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरी सुनुवाइ समितिमा पठाएको थियो। सुनुवाइ समितिले १० दिनको समय दिएर प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गरेको थियो। समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीहरू अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको बताए। कांग्रेसले प्रक्रिया नपु¥याई आयोगमा सिफारिस गरिएको भन्दै बैठक बहिष्कार गरेको छ।